काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गरेका हुन् ।
भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बसेकी अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संवेदनशील हुन आग्रह गरे । उनले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र ‘रेडकर्नर नोटिस’ जारी भएका आरोपितलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाइ कानूनबमोजिम कारवाही गर्न आग्रह गरे ।
सो अवसरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैँ संवेदनशील भएको बताउँदै विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गरिने स्पष्ट पारे ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै ‘रेडकर्नर नोटिस’ जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको बताए ।
छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकामा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै उनी अनशन बसेकी हुन् ।
आयोगका सदस्य सुदीप पाठकले अधिकारीले उठाउँदै आएको विषयको सुनुवाइ नभएसम्म अनशन नतोड्ने बताएको र उक्त विषयहरु कानूनी शासन, दण्डहीनताको अवस्थासँग जोडिएको हुनाले माग सम्बोधन र मानवअधिकार रक्षाका लागि सरकारसँग पटक पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको बताए ।
अनशनकै क्रममा अस्वस्थ्य भएपछि अधिकारीको वीर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी