चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताए ।
जनताको चाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेता नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताए । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको उनको भनाइ थियो । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको सरकारसँग गरेको भन्दै उनले अहिलेको वातावरण विकासका लागि अनुकूल बनेको बताए ।
तीन तहको निर्वाचन सम्पन्न भएसँगै विकासका लागि वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै नेता नेपालले भने, “देशभित्र विकासको लहर ल्याउनुपर्छ भन्ने भावनाले वामपन्थी सरकार अघि बढेको छ ।” सोहीअनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको नेता नेपालले बताए ।
पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा आएको सुधारले पनि विकासका लागि वातावरण अनुकूल बनेको उनले बताए । सरकार भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको उनको भनाइ थियो । उनले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको पनि बताए ।
अहिलेको सरकारले सबै खालका अनुचित क्रियाकलाप रोक्ने उद्घोष गरेको भन्दै उनले यो पुरा हुने लक्ष्यमा रहेको बताए । सत्ताको दम्भले पार्टी बिग्रन सक्ने भन्दै त्यसबाट जोगाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेकपामा अहिले महिलाको प्रतिनिधित्व संविधानतः छैन नि भन्ने जिज्ञाशामा उनले सबैको व्यवस्था महाधिवेशनबाट हुने बताए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता