चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताए ।
जनताको चाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेता नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताए । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको उनको भनाइ थियो । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको सरकारसँग गरेको भन्दै उनले अहिलेको वातावरण विकासका लागि अनुकूल बनेको बताए ।
तीन तहको निर्वाचन सम्पन्न भएसँगै विकासका लागि वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै नेता नेपालले भने, “देशभित्र विकासको लहर ल्याउनुपर्छ भन्ने भावनाले वामपन्थी सरकार अघि बढेको छ ।” सोहीअनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको नेता नेपालले बताए ।
पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा आएको सुधारले पनि विकासका लागि वातावरण अनुकूल बनेको उनले बताए । सरकार भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको उनको भनाइ थियो । उनले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको पनि बताए ।
अहिलेको सरकारले सबै खालका अनुचित क्रियाकलाप रोक्ने उद्घोष गरेको भन्दै उनले यो पुरा हुने लक्ष्यमा रहेको बताए । सत्ताको दम्भले पार्टी बिग्रन सक्ने भन्दै त्यसबाट जोगाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेकपामा अहिले महिलाको प्रतिनिधित्व संविधानतः छैन नि भन्ने जिज्ञाशामा उनले सबैको व्यवस्था महाधिवेशनबाट हुने बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा