काठमाडौं, ८ असार – प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सब सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । अशिष्ट र असभ्य भाषामा कुनै व्यक्ति, संघसंस्थाबारे आधार, प्रमाणविनाका तथ्यहीन सामग्री राख्दा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित भई सोहीअनुसार कारवाही हुने व्यवस्था रहेको अवगत गराइएको छ ।
सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपाली स्वदेश फिर्ता (डिपोर्ट) हुन सक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेकाले सो कुरालाई ध्यानमा राख्नसञ्चारकर्मीलगायत सबैमा काउन्सिलले अनुरोध गरेको छ ।
काउन्सिलले विद्युतीय सञ्चारमाध्यम स्वअनुगमनलाई प्रविधियुक्त बनाई नियमितरूपमा आफ्नो कर्तव्य पालन गर्दै आएको तथा छापामाध्यमलाई विद्युतीय प्रविधिमा लैजाने तयारी गरेको सहप्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता