काठमाडौँ, ७ असार – सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को सोही अवधिमा १२.५ प्रतिशतले बढी हो ।
तथ्यांकअनुसार सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा भारतबाट सबैभन्दा बढी ८.६ प्रतिशत पर्यटक आएका छन् ।
त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का मुलुकबाट आउने पर्यटकको आवागमनलाई हेर्दा गत वर्षको यही महिनामा सकारात्मक वृद्धि (२.२ प्रतिशत) देखिन्छ । पर्यटक आगमनको आँकडा हेर्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।
सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा २५.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमनमा सार्क मुलुकको तुलनामा एशिया १४.२ प्रतिशतले अगाडि छ । थाइल्याण्ड र सिंगापुरबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भई क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशत पुगेको छ ।
समग्रमा गत वर्षको मे महिनामा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले घटेको पाइएको छ । तथापि फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः २६.८ र ४९ प्रतिशतले बढेको छ । सोही अवधिमा संयुक्त अधिराज्य बेलायतबाट आउनेको संख्या ७.४ प्रतिशतले घटेको देखिन्छ ।
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्यामा क्रमशः १०.४ र २८.७ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि अघिल्लो वर्षको तुलनामा सन् २०१८ को मे महिनामा क्रमशः ७.४ र ५.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा