पर्सा- उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीय तहमा गएको बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने धारणा व्यक्त गरेका छन् । उनले हाल संघीय सरकार, प्रदेशिक सरकारले स्थानीय तहमा पठाएको बजेटलाई इमान्दारीपूर्वक पूर्वाधार विकासमा खर्च गरिए मलुकको मुहार फेरिन पाँच वर्ष पनि नलाग्ने दाबी गरे ।
संघीय समाजवादी फोरम (नेपाल) पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका मन्त्री यादवले स्थानीय तहमा आउने करोडौँ रुपैयाँलाई अब इमान्दारीपूर्वक पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएकाले सबैलाई विकासका लागि एकजुट हुन आह्वान गरे ।
उनले आर्थिक समृद्ध हासिल गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि तयारी गर्नु नै अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘‘लामो समयको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोरयाउँदै बाँकी रहेका अधिकारका लागि शक्ति सञ्चय गर्नु आजको आवश्यकता हो ।’’
पन्ध्र श्ययासम्मको स्वास्थ्य चौकी वा अस्पताललाई स्थानीय तहकै जिम्मा र सोभन्दा बढी श्ययाका अस्पताललाई प्रदेश सरकारको जिम्मा दिने गरी केन्द्र सरकारले नीति ल्याउन लागेको मन्त्री यादवले जानकारी दिए । उनले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेशस्तरीय र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालयका रुपमा विकास गर्न नेपाल सरकारले तयारी गरिरहेको पनि बताए ।
अध्यक्ष यादवले प्रदेश नं २ को नाम परिवर्तन गरी मधेश प्रदेश कायम गर्न प्रदेश सरकारलाई आग्रह गरे । फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमलप्रसाद श्रीवास्तव, हरिनारायण रौनियारलगायतका वक्ताले पार्टीभित्र देखिएको मतभेदलाई अन्त्य गर्नुपर्ने धारणा राखे ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ