काठमाडौँ- करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ । संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को बाइलोबा’ नामक सो विरुवा डाइनासोरको उत्पत्ति भएको काल अर्थात् आजभन्दा २७ करोड वर्षअघि उत्पत्ति भएको विश्वास गरिएको छ ।
सो विरुवा ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा संरक्षित अवस्थामा रहेको वनस्पति विभागले जनाएको छ । चीनमा उत्पत्ति भएको सो विरुवा बेलायतसहित अन्य मुलुक हुँदै नेपाल भित्रिएको हो ।
राष्ट्रिय वनस्पति उद्यानका वरिष्ठ उद्यान अधिकृत दीपक लामिछानेका अनुसार नेपालमा सो वनस्पति कहिले प्रवेश भयो भन्ने यकिन नभए पनि राणाहरुले बाटो बनाउने तथा भत्काउने क्रममा रोपेका कलमी उत्पादन सडकको छेउछाउमा रोप्न थालिएको हो । उनका अनुसार केही दिनअघि मात्र गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा १५० थान सो विरुवा रोपिएको छ ।
बयासी हेक्टर जमीनमा फैलिएको उद्यान ‘गिङ्को बाइलोबा’का कारण मात्र नभई उद्यानमा ग्रोब्रे सल्ला, सोमलता, वेर्वेरिस एशियाटिका (चुत्रो), पाषाणभेद, उन्यूजस्ता बहुमूल्य वनस्पतिका कारण पनि सर्वसाधारण, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ । जल संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने ग्रोब्रे सल्लाका रुख ५० मीटरसम्म अग्लो हुन्छ । वन फँडानीका कारण सो रुख करीव २५ प्रतिशतले घटेको उद्यानले जनाएको छ ।
नेपालको मध्यपहाडी क्षेत्र समशीतोष्ण प्रदेशका रुपमा परिचित छ । उर्वर भूमि सो क्षेत्रमा राजधानी काठमाडौँसमेत रहेको र यो समुद्री सतहबाट दुई हजारदेखि चार हजार मीटरको उचाइमा छ । यस क्षेत्रमा नेपालमा पाइने कुल जंगलको ३० प्रतिशत वनस्पति तथा सबैभन्दा धेरै प्रजाति पाइन्छ ।
उच्च हिमाली क्षेत्रमा सोमलता नामक वनस्पति पाइन्छ । आजभन्दा सात हजार वर्षअघिदेखि औषधिका रुपमा प्रयोग हुने सोमलतारुघाखोकी तथा मुटुको धड्कन र रक्तचापको बिरामीका लागि उपयोगी छ । चुत्रो पनि औषधिका रुपमा प्रयोग हुन्छ । सो वनस्पति कलेजो र मुटुसम्बन्धी समस्याको उपचार गर्न प्रयोग हुन्छ । ओसिलो चट्टानमा पाइने पाषाणभेद लोप हुने वर्गमा परेको छ । सो वनस्पति मिर्गौला, शरीर सुनिएको निको पार्न तथा अर्वुदरोग र मधुमेहका लागि उपयोगी मानिन्छ ।
विसं २०१९ मा स्थापित उद्यानभित्र नेपाल र भुटानमा पाइने कनिके, पाकिस्तान र म्यान्मामा पाइने चुत्रो, भुटान, आसाम तथा पश्चिम चीनमा पाइने ऐंसेलु जातका वनस्पति पनि संरक्षण गरेर राखिएको छ । आठ सयभन्दा बढी प्रजातिका वनस्पति पाइने उद्यानभित्र बोन्साई गृह छ । चिनियाँ भाषामा ‘वन’ भन्नाले गमला र ‘साइ’ भन्नाले रुख भन्ने बुझिन्छ । विभिन्न प्रजातिका विशाल वृक्षलाई कलात्मक ढंगले ससाना गमलामा उमारेर सयौँ वर्षसम्म कोठाभित्र सजाउने कलालाई बोन्साई भनिन्छ । यो विश्वभर लोकप्रिय छ । वनस्पतिको विविधतामा धनी नेपालमा सात हजारभन्दा बढी वनस्पतिका प्रजाति छन् ।
ध्वनि प्रदूषण तथा स्वच्छ हावाको अभाव रहेको काठमाडौँ उपत्यकामा हरियालीको खोजीमा रहने मानिसका लागि राष्ट्रिय वनस्पति उद्यान आकर्षणको केन्द्र बन्दै गएको उद्यान अधिकृत लामिछाने बताउंछन् । सो उद्यानमा गत वर्ष तीन लाख ८२ हजार आगन्तुकले रस्वास्वादन गरेका छन् । हरेक वर्ष चीन, भारत, कोरिया, बेलायत, न्यूजिल्याण्डजस्ता मुलुकका चार हजारदेखि पाँच हजार नागरिकले सो उद्यानको भ्रमण गरेको उनले राससलाई जानकारी दिए ।
दैनिक उद्यानमा प्रवेश गर्ने र हरियाली रसास्वादन गर्ने हजारौँको भीड उद्यानको उत्तरपश्चिममा रहेको पानीको झरना, दक्षिण पूर्वमा राजा वीरेन्द्रको शुभराज्याभिषेकमा निर्माण गरिएको राज्याभिषेक कुण्डमा लाग्ने गरेको छ । विसं २०१७ मा स्थापित वनस्पति विभागको उद्देश्य विरुवाको अनुसन्धान, संकलन तथा संरक्षण गर्ने रहेको छ । विभागअन्तर्गत दुई महाशाखा, तीन केन्द्रीयस्तरका कार्यालय तथा सात जिल्ला कार्यालय र १२ वनस्पति उद्यान छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता