राष्ट्रियसभामा महिला सांसदको कार्यकाल कसको कति ?

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै राष्ट्रियसभा सदस्य कमल ओली । उहाँको पदावधि चार वर्ष कायम भएको छ । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, ४ असार – राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री