काठमाडौं। मलेसियाली प्रहरीले हत्या आरोपमा पाँच नेपालीलाई पक्राउ गरेको छ। सेरेम्बान जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै सहकर्मी मारेको आरोपमा ५ नेपालीलाई पक्राउ गरेको स्थानीय स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। पक्राउ पर्ने नेपालीहरुको उमेर २० देखि ३४ सम्म भएको बताइएको छ।
हत्याको आरोपमा मृतकसँगै बस्ने एक नेपालीलाई प्रहरीले घटना भएको बिहान पक्राउ गरेको थियो। त्यसको घण्टौंपछि मात्रै आइतबार चार नेपालीलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका नेपालीहरुको नाम खुल्न सकेको छैन।
आर जयराम नामका ५६ वर्षिय फ्याक्ट्रीका टेक्निसियनको टाउको चोट नै चोट भएको शव भेटिएपछि प्रहरी मृतकसँगै घरमा बस्ने नेपालीलाई पक्राउ गरेको थियो। प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेका सबैलाई हिरातसमा राख्न अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ। मलेसियामा सात लाखभन्दा बढी नेपाली बैदेशिक रोजगारीका लागि गएका छन्।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई