
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा सहभागी नेताहरु । तस्बिर- प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, २ असार – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ ।
बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो स्थायी समिति बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी एकताको उत्साहलाई देशव्यापी बनाउन र संगठनात्मक संरचना चाँडो किनारा लगाउन बैठकले जोड दिएको छ । बैठकमा सरकारको बजेट, नीति कार्यक्रम र कार्य प्रगतिबारे समीक्षा भएको छ । हालसम्मका सरकारका काम सन्तोषजनक भएको र देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाबमोजिम सरकारलाई थप प्रभावकारी बनाउन र सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिनुभएको थियो ।
बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यको सुझाव लिई अन्तिमरुप दिन सचिवालयलाई जिम्मा दिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले एकतापछिको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तत्काली नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ