
प्रदेश–३ को हेटौँडामा स्थापना गरिएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तस्वीर – कृष्णराम परियार, हेटौँडा, रासस
हेटौँडा, ३१ जेठ – प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले रासस समाचारदातासँग आज संक्षिप्त कुराकानी गर्दै सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५-०७६ को बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम बजेटले समेट्ने बताउनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल