
काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा केक काटेर उदघाटन गर्दै पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिर – रासस
काठमाडौँ, ३० जेठ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”
भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।
पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने जानकारी गराउँदै उहाँले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताउनुभयो ।
पार्टीका नेताहरु डा केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ