काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध रहेको बताए ।
आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “जनताको कुनै पनि प्रश्न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्नको हल हुन्छ ।” आफूले यथार्थमा आधारित रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताए ।
सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गरे । उनले भने, “सुशासनको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको बाटोमा जाँदैछौँ ।” प्रधानमन्त्री ओलीले कूल गार्हस्थ उत्पादनले मात्र सरकारले अगाडि बढाएको अभियान पूरा नहुने भन्दै त्यसका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “हुनेहरुको खोसेर बाँड्ने भनेको होइन, नहुनेहरुलाई हुने बनाउने सरकारको अभियान हो ।” उनले लोकतन्त्र सभ्य, सु–संस्कृत, आत्मअनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिए । जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थमा भन्दा पनि सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले ‘हेलो प्रधानमन्त्री’ कार्यक्रम विभिन्न टेलिभिजनमार्फत हरेक १५ दिनमा एकपटक जनताको प्रश्नको जवाफसहित आउने जानकारी दिए । उनले कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम, सरकारको बजेट र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाउने बताए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ