राजविराज, २६ जेठ – गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।
राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ ।
चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएको केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताए ।
केन्द्रका अनुसार, आव २०६८-०६९ देखि आव ०७३-०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी मलेशियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, युएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१-७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी निवेदन दिएको केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्याँक अनुसार, राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् ।
स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट तीमध्ये ८१८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता