काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको बिहीबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।
राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तारचढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय गरेको छ ।”
बुधबार राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने अभिव्यक्ति दिएका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित