काठमाडौँ-नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो ।
तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो । ती दुई संगठनका लागि गठित एकता कार्यदलको बिहीबार बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र शर्मा, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहेका छन् । कार्यदल बैठकले संगठनको एकताका लागि विधान मस्यौदा तथा संगठन स्वरुप प्रस्ताव तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिमा युवा संघका महासचिव नरेश शाही, वाइसिएलका महासचिव सुबोधराज श्रीपाइली, युवासंघका सचिवद्वय रमेश आचार्य र वचनबहादुर सिंह तथा वाइसिएलका सचिव ज्ञानबहादुर गुरुङ रहेका छन् ।
युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र यही जेठ ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरेको बताए ।
अध्यक्ष सापकोटाका अनुसार समितिले यही जेठ ३१ गतेसम्म विधानको मस्यौदा र संगठन स्वरुपको प्रस्ताव तयार पारेर सो सम्बन्धी प्रतिवेदन संयुक्त बैठकमा पेश गर्ने छ । संयुक्त बैठकले समितिले तयार पारेको विधान र संगठनको प्रस्तावलाई सुझाव दिनेछ ।
समितिले दिएको प्रतिवेदनका आधारमा असार पहिलो हप्तासम्म कार्यदलले एकताका लागि खाका तयार पारेर पार्टीको उच्च नेतृत्व तहमा दिने अध्यक्ष सापकोटाले बताए । दुई पार्टी एकीकरण भएपछि भ्रातृसंगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने नेकपाले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता