काठमाडौँ-राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे ।
पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए ।
उनले भने, ‘झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’
उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाए ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]