बझाङ-जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् ।
विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ ।
कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए ।
“सडक निर्माण गर्दा धेरै दुःख पायौं, जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियौं । अहिले विभिन्न निकायबाट करीब रु २९ लाख समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्नेलगायत साहुबाट रु तीनका दरले ब्याजमा ऋण निकालेर अहिले रु ३४ लाखको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताए ।
सरकारले गर्न नसक्ने काम एक व्यक्तिले घरघडेरी धरौटी राखी सबै जनतालाई यातायातको सुविधा दिएकोमा उनले धन्यवाद दिए । “शुरुवातमा विभिन्न व्यक्तिबाट रु २० लाख जम्मा भयो । स्थानीय तहबाट सबै गरी रु १८ लाख सहयोग प्राप्त भयो । अहिलेसम्म उधारो रु ४३ लाख तिर्न बाँकी छ । बल्लबल्ल अहिले धेरैपछि सफलताको एक बिन्दुमा पुगेका छौँ । अहिले यस क्षेत्रका जनताले यसै बाटोबाट सेवा सुविधा लिएका छन्,” तलकोटी राजा (रजवार) नारायण सिंहले बताए ।
‘कुनै पनि योजना सफल गर्नका लागि योजनाको यथार्थ बजेट नहुँदा समितिका दाजुभाइले दुःख पाएका छन् । अब जनता बाटोमा हिँडेका छन्, जनतालाई सुख छ’- उनले भने । ‘जनताका लागि दुःख गर्नु राम्रो हो तर आफ्नै घरबार विजोग हुने गरी धेरै जोखिम उठाएर काम गरेकामा समितिलाई धन्यवाद’- उनले थपे ।
जिल्लामा सडक निर्माण कार्य धमाधम सरकारी लगानीमा भइरहेका छन् तर यस क्षेत्रका स्थानीयले केही वर्ष अगाडि सुन धरौटी राखी र एक व्यक्ति बराबर रु एक लाखदेखि चार लाखसम्म व्यक्तिगत लगानी गरेर छ किलोमिटर सडक निर्माण गरेका छन् ।
अहिलेसम्म रु ६४ लाखमा रुपातोलादेखि तलकोट खौला सडकखण्डमा खर्च गरेर निर्माण गरेका छन् । ‘यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन् । जनताका समस्यालाई ध्यान दिने सरकारको अनुभूति पाइयोस्’- सिंहले भने ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता