नेपालगञ्ज-बुद्ध एयरले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ ।
त्यसका लागि बुद्ध एयरले नेपाल सरकारलाई भारतसँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ । उडान तयारीका सम्बन्धमा आज बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगञ्ज–दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जनाएको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगञ्ज–दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिइएको बताए । उनका अनुसार, बुद्ध एयरले बिहान ७ बजे, अपराह्न १ बजे र साँझ ७ बजे गरी दैनिक तीन उडान गर्ने तयारी गरेको छ । दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले बताए ।
नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जको राँझा विमानस्थलको अहिलेको टर्मिनललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने, सुरक्षा संरचना थप गरिनुपर्ने र अध्यागमनको व्यवस्था गरिनुपर्ने बताइएको छ । यी सबै काम सक्न करीब आठ महिना लाग्न सक्ने बुद्ध एयरले जनाएको छ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?