
शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति थियो । तस्वीर – प्रदिपराव वन्त, रासस
काठमाडौँ, १८ जेठ – नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै हुनुहुन्थ्यो भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री हुनुहुन्थ्यो । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसक्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गर्नुभएको हो । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध हुनुहुन्छ । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ