काठमाडौँ-कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ ।
शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत, आधारभूत तह (कक्षा १ देखि ८) को ९२.३ प्रतिशत र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ ।
आव २०७३-०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७.२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७.१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ ।
आव २०७४-०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास-पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा