काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सरकारले पूर्ण गतिका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धि र भावी योजनबारे सोमबार भिडियो सन्देश दिँदै उनले नयाँ आर्थिक वर्षको शुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पर्ने संकल्प पनि गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, “यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो १०० दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ ।”
उनले यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही शुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपाली माथिको ठगी गर्नेमाथि कठोर कारबाही शुरु भएको सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौँ–लुम्बिनी तथा काठमाडौँ–वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको १०० दिनको उपलब्धिमा उल्लेख गरेका छन् ।
सार्वजनिक बिदा कटौतीबाट कूल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भनेका छन्, “पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउनेछु, समृद्ध र सुखी नेपाल बनाएर छाड्नेछु ।”
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता