काठमाडौँ-निजामती सेवामा महिलाको सहभागिता २३ प्रतिशत भन्दा बढी छ । आर्थिक वर्ष २०६४/६५ मा निजामती सेवामा महिलाको सहभागिता करीब १२ प्रतिशत रहेकामा आव २०७४/७५ को प्रथम आठ महिनासम्ममा यो २३ दशमलव दुई प्रतिशत पुगेको छ ।
आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार निजामती सेवामा कार्यरत कूल ८७ हजार ७५४ कर्मचारीमध्ये पुरुष कर्मचारी ६७ हजार ४१९ र महिला कर्मचारी २० हजार ३३४ छन् ।
सेवाको आधारमा स्वास्थ्य सेवामा सबैभन्दा बढी २६ हजार ५२ कर्मचारी छन् भने सबैभन्दा कम संसद् सेवामा ७७ कर्मचारी छन् । प्रशासन सेवामा ३३ हजार ६४८ कर्मचारी छन् भने त्यसपछि इञ्जिनियरिङ सेवामा आठ हजार ५५४ कर्मचारी छन् ।
चालु आवको पहिलो आठ महिनासम्ममा संवैधानिक पदाधिकारी ३३३ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत प्रदेशमा रहने सात मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालय गरी प्रदेशस्तरका नौ निकायको कार्यक्षेत्र, कार्य जिम्मेवारी र अन्तरिम व्यवस्थापनका लागि अस्थायी संगठन संरचना तयार भएको सरकारले जनाएको छ । ती निकायमा एक हजार ७७८ अस्थायी दरबन्दी स्वीकृत गरी एक हजार १०० कर्मचारी (कानून र लेखा समूहकाबाहेक) कामकाज गर्न खटाइएको अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार संघीय संसद्मा पेश गर्नुभएको उक्त सर्वेक्षणमा उल्लेख छ ।
स्थानीय तह तथा प्रदेशको अन्तरिम संगठन संरचना तथा अस्थायी दरबन्दी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भइसकेको छ । प्रदेशमा विभिन्न विषयका कानून, निर्देशिका, कार्यविधि र ढाँचाको नमूना तयार गरी पठाइएको सरकारले जनाएको छ ।
स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी गठन आदेश स्वीकृत भएको छ । सोही आदेशबमोजिम गठित जिल्ला कर्मचारी व्यवस्थापन समितिले स्थानीय तहमा नौ हजार कर्मचारीलाई खटाइएको छ ।
यसैगरी सामान्य प्रशासन मन्त्रालयबाट पनि एक हजार ६०० कर्मचारीलाई स्थानीय तहमा खटाएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । निजामती सेवाको राष्ट्रिय नीति, संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐनको मस्यौदा र स्थानीय सेवाको नमूना कानूनको मस्यौदा तयार भएको छ ।
नेपाल सरकार कार्य विभाजन नियमावली (पहिलो संशोधन), २०७४ स्वीकृत भई साविकमा रहेका ३१ मन्त्रालयको संख्या घटाइ २१ कायम भएको छ । साथै ती मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।
हेलो सरकारमार्फत प्राप्त गुनासा, सुझाव तथा सूचनाको फरच्योटको दर ८२ प्रतिशत रहेको छ । जनताको बढी सरोकार हुने सेवा प्रवाहलाई सरल, पारदर्शी र छिटो छरितो बनाउने क्रममा मालपोत कार्यालय कलंकी, ललितपुर, धादिङ, मकवानपुर, भक्तपुरलगायत २३ स्थानबाट जग्गा प्रशासनसम्बन्धी कार्यको जमिन अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा प्रदान भएको छ ।
विकास समिति ऐन तथा नेपाल सरकारको विभिन्न मितिमा भएका निर्णयबमोजिम गठित संस्थान-समिति-प्रतिष्ठान-परिषद्लगायत निकायको पुनरावलोकन गरी खारेजी वा मिलान-समायोजन गर्ने सम्बन्धमा अध्ययन सम्पन्न भएको सरकारले जनाएको छ ।
निजामती सेवाको राष्ट्रिय नीति, निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐनको मस्यौदा र स्थानीय तह सेवाको नमूना कानूनको मस्यौदा तयार भएको उल्लेख छ ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने