काठमाडौँ-चालु आर्थिक वर्ष २०७३-७४ मा सार्वजनिक संस्थानको समग्र वित्तीयस्थिति सुधारोन्मुख रहेको छ । अर्थ मन्त्रालयले आज संघीय संसद्मा पेश गरेको सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा–२०७५ का अनुसार सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संस्थानको सञ्चालन आय गत आवको तुलनामा ३३.९ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा नाफा आर्जन गर्ने संस्थानको संख्या एवं सञ्चालन आयमा भएको वृद्धिका कारण समग्र संस्थानको जम्मा खुद नाफामा गत आवको तुलनामा १८.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । तर सरकारले लगानी वृद्धि (शेयर तथा ऋणको वृद्धि १३.९ प्रतिशत) को तुलनामा प्रतिफलको वृद्धि ऋणात्मक अर्थात ०.४ प्रतिशत नकारात्मक रहेको जनाएको छ ।
त्यसैगरी, गैरकर राजश्वमा संस्थानबाट प्राप्त लाभांश गत आवको तुलनामा ०.४ प्रतिशतले न्यून भएको र कोषमा व्यवस्था नगरिएको दायित्व गत आवको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ ।
आव २०७३-०७४ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने संस्थानको संख्या गत आवमा १५ बाट वृद्धि भएर १८ पुगेको छ । अधिकांश संस्थानको वित्तीय कार्यकुशलता र प्रभावकारितामा अपेक्षित सुधार आउन नसकेको र वित्तीय अनुशासनको पाटोलाई पनि उल्लेख्य रुपमा सुधार गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७२-०७३ मा नाफा आर्जन गर्ने संस्थानको संख्या २३ रहेकामा गत आव अर्थात् २०७३-०७४ मा २६ पुगेको छ । सार्वजनिक संस्थान विभिन्न चार प्रकारका ऐनद्वारा गठन भएका छन् । विभिन्न २८ संस्थान कम्पनी ऐन, सात संस्थान संस्थानसम्बन्धी विशेष ऐन, तीन संस्थान सञ्चार ऐन र दुई संस्थान संस्थान ऐनअनुसार संस्थापना भएका छन् ।
वित्तीय संरचना र योगदान
समीक्षा अवधिमा अस्तित्वमा रहेका ४० संस्थानमध्ये २१ संस्थानमा सरकारको पूर्णस्वामित्व र बाँकी १९ संस्थामा अधिकांश स्वामित्व रहेको छ । आव २०७३-७४ को संशोधित कूल गार्हस्थ्य उत्पादन रु २६ खर्ब ४३ अर्बमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १२.२ प्रतिशत अर्थात रु तीन खर्ब २२ अर्ब छ करोड १९ लाख रहेको छ ।
यस्तो अनुपात सबैभन्दा धेरै व्यापारिक क्षेत्रका संस्थानको ६.२ प्रतिशत छ भने सामाजिक क्षेत्रको सबैभन्दा न्यून ०.०८ प्रतिशत छ । विगत पाँच वर्षको कूल गार्हस्थ्य उत्पादनमा संस्थानको कूल सञ्चालन आयको अनुपात औसत १२.५ प्रतिशत रहेको छ ।
राजस्वमा योगदान
आव २०७३-७४ मा सार्वजनिक संस्थानले विभिन्न शीर्षकबाट रु ५८ अर्ब ७४ करोड ४९ लाख राज्य कोषमा दाखिला गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
यसको पहिलो ठूलो अंशका रुपमा भन्सार महसुल एवं स्थानीय सडक कर तथा दस्तुरबापतको अंश ४२.५ प्रतिशत र दोस्रो ठूलो अंशको रुपमा आयकर अंश २४.२ प्रतिशत रहेको छ । यस अवधिमा सरकारको कूल राजस्व संकलनमा संस्थानको योगदान ९.७ प्रतिशत छ ।
त्यसैगरी, कूल गैरकर राजस्वमा संस्थानले १६.१ प्रतिशतको योगदान पुरयाएको प्रतिवेदनमा उल्लेख छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा