
साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गर्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लैजाँदै । फाइल तस्बिर – रोशन सापकोटा, रासस
विराटनगर-सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’ लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो ।
गत बुधबारदेखि शुरु भएको बयान आजसम्म अर्थात चारदिनमा गोरेसँग ३७ पृष्ठको बयान लिइएको छ । उनीसँग सुन तस्करी, सांगठनिक अपराध र हत्यालगायतको विषयमा बयान लिइएको हो । गोरेसँग लिइएको बयानका विषय विस्तृत रुपमा सार्वजनिक भएको छैन ।
सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएको थियो । सो अभियोगमा पक्राउ परेका ३० जनामध्येबाट २८ जनालाई जेठ ८ गते कारागार चलान गरिएको छ । एकजनालाई साधारण तारेखमा र एकजनासँग धरौटी माग गरिएको थियो । गोरे आज कारागार चलान भएपछि सो घटनाको अभियोगमा पुर्पक्षमा थुनामा बस्नेको सङ्ख्या अब २९ पुगेको छ ।
जिल्ला अदालत मोरङमा वैशाख १९ गते उनीहरुमाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बरावरको ३७ लाख ९९ हजार ५५९ ग्राम अर्थात करिब ३८ क्विन्टल सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा