धनगढी-गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।”
गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै तस्करीलाई समर्थन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने दृढता व्यक्त गरे । प्रहरी, कर्मचारी संयन्त्र र राजनीतिक दलमा सुधारको ठूलो खाँचोको आवश्यकता महसुस गरेर सरकारले शुद्धिकरणको अभियान चलाइरहेको बताउँदै उनले यो कार्यमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संविधान विरोधी क्रियाकलापलाई राजनीतिक र प्रशासनिक ढंगबाट समाधान खोज्ने गृहकार्यमा सरकार लागिपरेको बताउँदै दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले देशमा राजनीतिक स्थायित्वलाई सुनिश्चित गरेको बताए ।
उनले आन्तरिक सुरक्षा नीतिलाई सबल र सुदृढ बनाई मुलुकको विकास र समृद्धिलाई सुनिश्चित गर्न सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरिएको पनि बताए । यसैगरी गृहमन्त्री थापाले बुधबार यहां आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गरे ।
सो अवसरमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाको उचित व्यवस्थापनका लागि मन्त्रालयले ल्याएको गृह प्रशासन सुधार कार्ययोजनाका विषयमा गोष्ठीमा छलफल हुने जानकारी दिए । गोष्ठीमा प्रदेश नं ७ का नौवटै जिल्लाका सुरक्षा निकाय प्रमुखको सहभागिता छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा