काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन् । संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताए ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे । परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै ओलीले त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, “हामीसँग बहुमत प्राप्त सरकार छ । त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।”
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा नेतृत्वलाई भन्न आग्रह गरे । जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिए । उनले सांसदहरुलाई निर्देशन दिँदै भने, “अध्ययन गर्ने बानी बसाउनुहोस् । नजानेका कुरा सिक्नुहोस् । तर्क र क्षमता बढाउनुहोस् । आवेशमा आएर नबोल्नुहोस् । जनमतको कदर गर्ने बानी बसाउनुहोस् ।”
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह गरे । करीब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पारे । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिए ।
दाहालले जनताको भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिए ।
बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलमा सांसदहरु देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् ।
सो कार्यदललाई १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत गर्ने समय दिइएको छ ।
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन