काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेशवादी दल सरकारमा सहभागी हुन प्राविधिक कुरा मिल्न मात्र बाँकी रहेको जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रम सार्वजानिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले भने, “राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ, मधेशवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्न मात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।”
उनले सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्रअनुसार आएको बताए । पत्रकारको प्रश्नमा उनले जनतासामु गरिएका प्रतिबद्धता नै नीति तथा कार्यक्रममा आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पष्ट पारे ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप