काठमाडौँ, ७ जेठ – सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताउनुभयो ।
उहाँले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताउनुभयो ।
यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझावअनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी ६० वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदमा राखेको थियो ।
‘‘समितिको सुझावअनुसार हामीले ऐनको मस्यौदमा सेवानिवृत्तको उमेर हदबन्दी ६० वर्ष राखेका थियौं,’’ उहाँले भन्नुभयो, ‘‘तर पछि अध्ययनका क्रममा उक्त उमेर व्यावहारिक नहुने भएकाले पुनः पहिल्यकै ५८ वर्ष राख्ने भनेर प्रस्ताव पठाएका छौँ ।’’
अहिले निजामती सेवा ऐन कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा