काठमाडौँ-प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
संवैधानिक परिषद्, संघीय संसद्को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता तथा प्रतिनिधिसभालगायतलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हदका कारण असंवैधानिक ठहर भएर वैशाख १ गते राजीनामा दिएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशीले काम गरिहेका छन् ।
नेपालको संविधानको धारा २०८४ को उपधारा (३) बमोजिम प्रधानन्यायाधीशको पद खाली भएको एक महिनाभित्र नयाँ सिफारिश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
न्यायपरिषद् सचिवालयले सर्वोच्चमा तीन वर्ष सेवा गरिसकेका कायममुकायम प्रधानन्यायाधीश जोशी र न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको भए पनि संसदीय सुनुवाइ समिति गठन नभएको हुँदा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा