काठमाडौँ-विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताएका छन् ।
आरोहण सकेर आइतबार घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो काम आरोहण गर्ने भएकाले स्वास्थ्य राम्रो भए आगामी वर्ष पनि सगरमाथा चढ्ने बताए ।
आरोही शेर्पालाई स्वागत गर्न उल्लेख्य संख्यामा आफन्त र सुभेच्छुक विमानस्थल पुगेका थिए । सोलुखुम्बुका कामीरिता शेर्पाले यही जेठ २ गते सगरमाथाको २२ पटक सफल आरोहण गरेका थिए । कीर्तिमानी शेर्पाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका थिए ।
यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गरेका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन् ।
यसैबीच सगरमाथा आरोहणको आइतबार आठौं दिन पनि आरोहण जारी रह्यो । यद्यपि, आज के कति संख्यामा आरोही चुचुरोमा पुगे भन्ने विवरण आइनसकेको आधार शिविरमा रहेका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् र उनीहरुको विवरण संकलन भइरहेको छ ।
सगरमाथा आरोहणको सातौँ दिनसम्म शनिबार २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।
वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।
वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा