
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ५ जेठ – पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।
दश वर्षमा मुलुक समृद्ध – प्रधानमन्त्री

‘कान्तिपुर हाफ म्याराथन’ को उदघाटनपछि शनिबार दौडमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर -रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी हुनु भएको हो ।
सो अवसरमा उहाँले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।
“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”
उहाँले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताउनुभयो ।
उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जित्नुभएको थियो । उहाँहरु दुवैले नगद रु ५०-५० हजार र स्कुटर पाउनुभएको छ ।
यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय हुनुभएको छ । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०-३० हजार र रु २०-२० हजार प्राप्त गर्नुभएको छ ।
थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?