
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ५ जेठ – पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।
दश वर्षमा मुलुक समृद्ध – प्रधानमन्त्री

‘कान्तिपुर हाफ म्याराथन’ को उदघाटनपछि शनिबार दौडमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर -रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी हुनु भएको हो ।
सो अवसरमा उहाँले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।
“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”
उहाँले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताउनुभयो ।
उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जित्नुभएको थियो । उहाँहरु दुवैले नगद रु ५०-५० हजार र स्कुटर पाउनुभएको छ ।
यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय हुनुभएको छ । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०-३० हजार र रु २०-२० हजार प्राप्त गर्नुभएको छ ।
थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?