
विन्डसोर, (बेलायत), ५ जेठ – बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्व अभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ ।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौं दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । टेलिभिजनमार्फत गरिएको उहाँहरूको विवाहको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गर्नुभएपछि परम्पराअनुसार क्यान्टरबरीका आर्चबीसप जस्टिन वेल्बीले उहाँहरू श्रीमान् र श्रीमती भएको घोषणा गर्नुभएको थियो । यसलाई एउटा ‘ऐतिहासिक’ घटनाको रूपमा लिइएको छ ।
मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुग्नुभएको थियो भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लग्नुभएको थियो । यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुग्नुभएको थियो ।
विवाहको खुशियालीमा देशभर सडक पार्टीहरु आयोजना गरिएको समाचारमा जनाइएको छ ।
उहाँहरू सन् २०१६ जुलाईदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै