लन्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको चौंथो अधिवेशनका लागि केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लन्डन आइपुगेका छन् । बुधबार सांझ हिथ्रो उत्रिएका आचार्य र विष्टलाई शाखा अध्यक्ष नरेश खपांगीमगर, सल्लाहकारहरु भगिरथ योगी, नवीन पोखरेल, हरिकुमार गुरुङ काजीसहित पदाधिकारीहरुले स्वागत गरे ।
शाखाको अधिवेशन १९ मे शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुंदैछ ।
केन्द्रिय अध्यक्ष आचार्यले सर्वसम्मत नयां नेतृत्व चयन गर्न जोड दिएका छन् । शाखाका पूर्व अध्यक्षहरुसंग बेग्लै वार्ता गरेर आचार्यले निर्वाचन भन्दा सर्वसम्मत नेतृत्व चुन्न सुझाए । ‘बेलायत पत्रकारिता र प्रजातन्त्रको जननी पनि मानिन्छ । यो सभ्य समाजमा रहेका पत्रकार साथीहरु मिलेर आउन् भन्ने हामी चाहन्छौं’- आचार्यले भने, ‘नेपालमा नयां सरकार गठनभएसंगै प्रेसमाथि कडाइ गर्ने प्रयास पनि भइरहेका छन् । हामीलाई त्यो चुनौतिसंग लड्न बेलायतका पत्रकारहरुको रचनात्मक सुझाव सल्लाह र सहयोगको खांचो छ ।’
पत्रकारितासंग कुनै ‘साइनो’ नै नभएका व्यक्तिलाई सदस्यता दिलाउन बेलायतबाट बारम्बार दवाव भइरहेको प्रसंग कोट्याउंदै आचार्यले महासंघलाई ठाउं ठाउंमा गएर सदस्यता बांड्दै हिंड्ने खालको सस्तो संगठनका रुपमा नलिन पनि चेतावनी दिए ।
शाखामा नयां नेतृत्वका लागि वर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र उपाध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र दिनेश परियार, उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुञ्जा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयभक्त कंडेल, विमला सेने र खुशी लिम्बु भिडेका छन् ।
त्यसैगरि, सचिवमा शिव भण्डारी र जगन कार्की, कोषाध्यक्षमा पूर्ण गुरुङ र सिद्धार्थविक्रम क्षेत्री प्रतिष्पर्धामा छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण