काठमाडौँ- एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको सोमबार दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।
सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।
“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भने । अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।
दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । इमाजिन ट्रेक एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गरेका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा थिए । उनीसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गरेका हुन् ।
चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आजै आरोहण गरेका छन् । सन् २०१५ मा पनि आरोहणमा निस्किएका बोयो भूकम्पका कारण आरोहण परित्याग गरी फर्केका थिए ।
शारीरिकरुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यसअघि न्यूजील्याण्डका मार्क इनलिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।
एकै मौसममा दुई आरोहणको कीर्तिमान
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान कायम गरिन् ।
शेर्पाले यही वैशाख १६ गते ल्होत्सेले सफल आरोहण गरेकी थिइन् । उनले आजमात्रै सगरमाथाको आरोहण सम्पन्न गरेकी हुन् ।
यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् ।
अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।
अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । बेस क्याम्पभन्दा माथि २०० भन्दाबढी आरोही रहेको र आज राति झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । “धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प ४ मा छन्, मौसम अनुकूल भए आज सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम हुने सम्भावना छ”, उनले भने ।
आइतबार मात्रै शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका थिए ।
हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । गत वर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भए पनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता