काठमाडौँ-पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गरेका हुन् । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराएका थिए ।
उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराएका थिए ।
हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण भण्डारीलगायतले साधना गरेका थिए । यहाँ साधना गरेका सबैको शालिक राखी यो ठाउँलाई तपस्या स्थलकारुपमा चिनाउनुपर्नेमा उनले जोड दिए ।
वाग्द्वारबाट बग्दै आएको वाग्मती कान्तिभैरव मन्दिरअघि उत्तर भएर बग्ने भएकाले यो ठाउँलाई उत्तरबाहिनी भनिएको हो । वाग्मती उत्तरतिर बगेकैले यो ठाउँलाई उत्तरगया पनि भनिन्छ । यहाँ प्रत्येक महिनाको पहिलो शनिबार बेलुकी गुरुकुलका विद्यार्थीले वाग्मती गंगा आरती गर्छन् । प्रत्येक दिन गुरुकुलका बटुकले वैदिक रुद्राभिषेक गर्छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने समितिका अध्यक्ष भैरवबहादुर श्रेष्ठले बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा