कपिलवस्तु- कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे ।
पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।
उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताए ।
नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो ।
भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्शाएको कृष्णनगरका सर्वसाधारण बताउँछन् ।
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल