
काठमाडौँ, २७ वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाई त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भई कार्यान्वयनमा छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोक्न र सो स्थानमा धूम्रपान तथा सुर्ती सेवनमा बन्देज लगाउन सक्ने व्यवस्था छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता