
जनकपुरमा मंगलवार राति आएको हावाहुरी र वर्षाले क्षति पुरयाएको स्वागतद्वारहरु । स्वागतद्वारहरु जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि निर्माण गरिएको हो भने जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटोमा बनेका करिव दुई दर्जन स्वागतद्वारहरुमा क्षति पुगेको छ । तस्वीर- अजयकुमार साह, रासस, धनुषा
जनकपुरधाम, २६ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ ।
हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पुरयाएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ ।
कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान