काठमाडौं, २५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गर्नुभएको छ ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै चीनको ‘वेल्ट एण्ड रोडको योजना’ र भारतको ‘सबैको साथमा सबैको विकास गरिने’ नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गर्नुभयो ।
द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा प्रतिनिधिमण्डलले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानून र शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाउनुभयो ।
उहाँले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानूनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रष्ट पार्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकाले कुनै पनि धर्म, संस्कृति अँगाल्नेप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उहाँले प्रष्ट पार्नुभयो ।
संविधानका ३१ वटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उल्लेख गर्नु भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]