विराटनगर- हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफैंलाई गोली हान्न लगाएका अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी सोमबार विराटनगरमा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका आचार्यलाई आफ्ना अंगरक्षकका रुपमा राखेका भरतपुर महानगरपालिका–४ का माधव चौधरीमार्फत गोली हान्न लगाएको आरोप लगाइएको छ ।
निज चौधरी स्वामी आचार्यसँग पुराण क्षेत्रमा साथै बसेका थिए । स्वामी आचार्य विराटनगरमा २१ दिनको उपचारपछि काठमाडौं गएका थिए ।
प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले स्वामी आचार्यले नवलपरासी गैंडाकोट नगरपालिका–५ का लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको पत्रकार सम्मेलनमा बताए ।
अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]