विराटनगर- हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफैंलाई गोली हान्न लगाएका अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी सोमबार विराटनगरमा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका आचार्यलाई आफ्ना अंगरक्षकका रुपमा राखेका भरतपुर महानगरपालिका–४ का माधव चौधरीमार्फत गोली हान्न लगाएको आरोप लगाइएको छ ।
निज चौधरी स्वामी आचार्यसँग पुराण क्षेत्रमा साथै बसेका थिए । स्वामी आचार्य विराटनगरमा २१ दिनको उपचारपछि काठमाडौं गएका थिए ।
प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले स्वामी आचार्यले नवलपरासी गैंडाकोट नगरपालिका–५ का लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको पत्रकार सम्मेलनमा बताए ।
अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा