काठमाडौँ-नेपाली कांग्रेसको पदाधिकारी मनोनयनमा विवादकाबीच सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा आफूपक्षीय नेताहरूलाई मात्र मनोनयन गरेका छन् । शुक्रबार देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत गरेका हुन् ।
मनोनयन भएका तीनै जना पदाधिकारी सभापति देउवा पक्षका हुन् । कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको शुक्रबार बसेको बैठकमा पार्टी सभापति देउवाले उनीहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाले एकलौटी गरेपछि उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ ।
कांग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ ।
विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गरेका हुन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ