काठमाडौँ, २१ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात सञ्चालन नगर्ने यातायात समितिलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई आज निर्देशन दिनुभएको हो । उहाँले आवश्यक परे यातायात समितिका पदाधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।
आवश्यकतानुसार यातायात समितिको नाममा रहेको रकमबारे समेत छानबिन अघि बढाउन पनि उहाँले निर्देशन दिनुभएको छ ।
सरकारले ‘सिण्डिकेट’ अन्त्य गर्न यसअघि गैरसरकारी संस्थाका रुपमा दर्ता हुँदै आएका यातायात समितिको दर्ता तथा नवीकरण नगर्ने र उनीहरु कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने निर्णय गरेको थियो ।
सो निर्णय विरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका यातायात समितिले आज देभरभर समितिका यातायात सञ्चालनमा रोक लगाएका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ