
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेट । तस्बिर- हरि लामिछाने, रासस
काठमाडौँ, २० वैशाख – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ ।
अध्यक्षको कार्यकक्षमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारे स्मरण गर्दै दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताउनुभयो ।
बेलाबेलामा हुने उच्चस्तरीय भेटघाट नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै उहाँले नेपालको संसद् र बेलायतको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद् दुई सदनात्मक रहेको हुँदा दुबैको भूमिकाबारे जानकारी गराउँदै बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदनबारे अनुभव आदानप्रदान हुँदा दुवै पक्ष लाभावित हुने विश्वास व्यक्त गर्नुभयो ।
“दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले मलाई खुशी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उहाँहरुलाई स्वागत गर्न तत्पर छौँ ।”
अध्यक्ष तिमिल्सिनाले नेपालको भौतिक एवं आर्थिकलगायत विकासका हरेक आयाममा बेलायतको सहयोग उल्लेखनीय रहेको र यसप्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको बताउँदै ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गरेकाले सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो ।
भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न बेलायत तयार रहेको छ भन्नुभयो ।
आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा संसदीय अभ्यासबारेको अनुभव साटासाटले दुबै देशको सम्बन्ध थप मजबुद बनाउने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता