
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर – नवीन पौडेल/रासस
काठमाडौँ, २० वैशाख – पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ ।
चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि ठोस सहमति बाहिर आएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।
दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार