जनकपुरधाम-यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ । त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।
यसैबीच भारतीय राजदूत मञ्जित पुरी लगायत भारतीय सुरक्षा अधिकारी र परराष्ट्र मन्त्रालयको उच्च पदाधिकारीको टोलीले बाह्रबिघाको स्थलगत अवलोकन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका अनुसार टोलीले बाह्रबिघामा हेलिकप्टर अवतरणमा समस्या आउनसक्ने भएकाले हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरणको सुझाव दिएको छ ।
टोलीले बिहीबार बाह्रबिघाको विभिन्न स्थलमा परीक्षण गर्दा धुलोमय भएका कारण जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरणको सुझाव दिएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम आउने कार्यक्रम छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारीका लागि बिहीबार जनकपुरमा विशेष सरसफाइमा सांसद राजेन्द्र महतो र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत सहभागी भएका थिए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह