
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपाल पत्रकार महासंघले काठमाडौँको नयाँबानेश्वरमा आयोजित प्रभातफेरीपछि पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायत पूर्व अध्यक्षहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २० वैशाख – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ ।
नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी – मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताउनुभयो ।
नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैँ अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख गरेपनि कार्यान्वयन गर्न ऐन कानून बन्न नसकेको बताउनुभयो ।
उहाँले प्रेस स्वतन्त्रताको अवस्था सुधारोन्मुख भएपनि अझै पत्रकारमाथि भौतिक आक्रमणका घटना नरोकिएको बताउनुभयो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताउनुभयो ।
उहाँले सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सम्मान अझै गर्न नसकेको बताउनुभयो । यसैगरी, महासंघको काठमाडौँ शाखाको प्रभातफेरी पनि भृकुटीमण्डपबाट शुरु भएर माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरमा पुगेको थियो ।
कार्यक्रमको समापन गर्दै शाखा अध्यक्ष सन्तराम बिडारीले पत्रकारमाथि अहिले पनि भौतिक आक्रमण भइरहेकाले राज्यले पत्रकारलाई स्वतन्त्र भएर समाचार लेख्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
प्रभातफेरीमा महासंघको भक्तपुर शाखासहितका पत्रकारको उपस्थिति थियो । आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ