काठमाडौँ-नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकता प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पुरयाउन आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बुधबार सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनताका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।
साथै बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न आठ सदस्यीय सचिवलाय गठन गरेको छ । नवगठित सचिवालयमा अमृतकुमार बोहरा, शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहेका छन् ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक