काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जेठ पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमबारे जानकारी गराए ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को द्वितीय अधिवेशन यही वैशाख २३ गतेका लागि आह्वान गरेकी छन् । उक्त अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक वैशाख २३ गते अपराह्न ४ बजे प्रारम्भ हुने र बैठकमा अधिवेशन अघि जारी अध्यादेश प्रस्तुत हुने महराले बताए ।
सभामुख महराले बैशाख २४ देखि २६ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सिद्धान्त र प्राथमिकतामाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने जानकारी गराए ।
वैशाख २६ गतेदेखि तीन दिनसम्म (प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने जानकारी गराउँदै उनले भने, ‘जेठ १५ गते संविधानबमोजिम राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने, जेठ १७ गते बजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।’
संसद्मा जेठको अन्तिम सातादेखि असार तेस्रो सातासम्म विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने र विनियोजन तथा उक्त विधेयकसँग आश्रित अन्य विधयेक पारित गरिने छ ।
असारको अन्तिम सातादेखि सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्पलगायतका प्रस्तावमाथि छलफल हुने सभामुख महराले बताए ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा