काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन् ।
काठमाडौंमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै उनले भने, “कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुन सक्छ । अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।”
राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भने, “विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन । यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन ।”
उनले भारतसँगको सम्बन्ध सुधार्दै सरकारले समृद्धि र स्थिरताको खाका ल्याउनु सकारात्मक विषय भएको बताए ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा पराजयको समीक्षा गर्दै आफ्नो चुनौतीलाई सामनासहित कांग्रेस अघि बढ्ने बताए । उनले आफूहरु लोकतान्त्रिक पार्टी भएकाले विवादहरु भए पनि त्यसको व्यवस्थापन गर्दै यही वैशाख २१ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारीको मनोनयन गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिँडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?