काठमाडौं-३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा तानिएका नेपाल प्रहरीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । आइतबार केसीलाई मोरङमा बयानपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
केसीले अपराध महाशाखाको टोलीको नेतृत्व गर्दै सुन तस्करहरुले हत्या गरेका सनम शाक्यको शव विराटनगरको पोखरियाबाट बरामद गरेका थिए । कार्यक्षेत्र नाघेर शंकास्पद भूमिका खेलेको भन्दै यसअघि अपराध महाशाखाका प्रमुख दिवेस लोहनी, डिएसपी केसी र सईद्धय बालकृष्ण सन्जेल र गजेन्द्र रावललाई अपराध महाशाखाबाट फिर्ता बोलाइएको थियो ।
त्यसपछि केन्द्रमा रहेका केसीलाई घटनाको छानविन गर्न गठित समितिले बयानका लागि बिराटनगर बोलाएको थियो । उनी बयानका लागि शुक्रबार विराटनगर गएका थिए ।
आइतबार बयानबाट सन्तुष्ट नभएपछि छानविन समितिको आदेशमा प्रहरीले नियन्त्रणमा लिएको उच्च प्रहरी स्रोतको भनाइ छ । यसअघि अपराध महाशाखाका सईद्धय रावल र सन्जेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तीन जनाको शंकास्पद ज्यान जाने गरी भएको उक्त सुनकाण्डमा एक पूर्व डिआईजी गोविन्द निरौला, मकवानपुरका एसपी विकासराज खनाल पक्राउ परिसकेका छन् । यस्तै, एसपी श्याम खत्री फरार छन् भने अर्का डिएसपी सन्जय राउतसँग प्रहरीले बयान लिइरहेको छ ।
गत माघ ९ गते त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्रिएको ३३ केजी तस्करीको सुन बाटैमा हराएपछि सुन तस्करहरुले सनम शाक्यको करेन्ट लगाएर हत्या गरेका थिए । त्यसपछि उक्त सुनकाण्डमा तानिने हाइ प्रोफाइलसहितको संख्या निरन्तर बढ्दो छ । अहिलेसम्म २८ जना पक्राउ परिसकेका छन् भने ३८ जनाको बैंक खाता रोक्का गरेर प्रहरीले खोजी गरिरहेको छ ।
सुन तस्करीका मुख्य नाइके भनिने चुडामणि उप्रेती गोरे भने फरार छन् । उनीमाथि डिफ्युजन नोटिस जारी गरेर प्रहरीले खोजी गरिरहेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता